तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ

तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ


ग्लोब नेपाल
81
Shares

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (सङ्घ) पोर्चुगल गठन गरेको छ ।

भेलाले इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सविना मनाङथेन, फुर्वासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन भएका छन् ।

सङ्घको महासचिव राजुलामा मोक्तान सर्वसम्मत चयन भएका छन् भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन भएको नेपाल राष्ट्रिय तामाङ घेदुङ सङ्घका केन्द्रीय सदस्य सागर योञ्जन तामाङले जानकारी दिएका छन् ।