साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणा

साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणा



काठमाडौं । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर र पूजा राना छन् । यस्तै विमला विक, हिरा कुमारी भुजेल, प्रतिक चौधरी र सजनी थोकर टोलीमा सहभागी छन् ।

त्यस्तै रेणुका नरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सरस्वती हमाल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल र सावित्रा भण्डारी टोलीमा छन् ।

सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप दशरथ रङ्गशालामा आउँदो कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ । सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ ।

दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुनेछ ।