काभा यू–२० भलिबल : नेपाल उज्बेकिस्तानसँग पराजित

काभा यू–२० भलिबल : नेपाल उज्बेकिस्तानसँग पराजित



काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो । उज्बेकिस्तानले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र चौथो सेट ले जित्यो । नेपालले तेस्रो सेट २९–२७ ले जित्यो । नेपालले पहिलो खेलमा हिजो आयोजक श्रीलङ्कालाई हराएको थियो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले तेस्रो खेलमा भोलि असोज २२ गते माल्दिभ्ससँग, चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग र पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।