२७ अंकले घट्यो नेप्से

२७ अंकले घट्यो नेप्से



काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।

परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको छ । आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज बजारमा सेयरमूल्य बढेका कम्पनीमध्ये मध्य सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य घटेको इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन् । बजारमा आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा भने नेपाल फाइनान्स सबैभन्दा अगाडि भयो ।