धौलागिरी हिमाल आरोहण गर्न गएका ५ रूसी नागरिकको मृत्यु

धौलागिरी हिमाल आरोहण गर्न गएका ५ रूसी नागरिकको मृत्यु


ग्लोब नेपाल
513
Shares

काठमाडौँ । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो ।

१४ जना रूसी नागरिकको समूह  धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए । 

आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिएको भएपनि मौसम खराब भएका कारण मंगलबार बिहानै मात्र हेलिकप्टर त्यसतर्फ गएको थियो ।

बेस क्याममा दुई जना र क्याम्प वानमा सकुशल भेटिएकाएक जनाको उद्धार गरेर उपचार भइरहेको विभागले जनाएको छ ।