माल्दिभ्समाथि नेपालको सहज जित

माल्दिभ्समाथि नेपालको सहज जित



काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।

श्रीलंकाको कोलाम्बोमा जारी प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । नेपालले २५–५, २५–१२, २५–२० को जित निकालेको हो । जितसँगै नेपालले तीन खेलबाट ६ अंक बनाएको छ ।

नेपालले यसअघि पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । नेपालले समूह चरणको अर्को खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।