कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन ४९ उद्योगलाई विद्युत् प्राधिकरणको अनुरोध

कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन ४९ उद्योगलाई विद्युत् प्राधिकरणको अनुरोध


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।

प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरूको नाम र उनीहरूले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ ।