महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड


ग्लोब नेपाल
27
Shares

काठमाडौं । प्रत्येक वर्ष महानवमीका दिनमात्र खुल्ला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।मन्दिर दर्शन गर्न आउनेहरू बिहानैदेखि लाम लागेका छन् ।

हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खोलिएको छ ।तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन साइतअनुसार यात्रा गराइन्छ ।