इंगल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो

इंगल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो



काठमाडौं । इंगल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनाएको छ । घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान दोस्रो दिनको खाना समयपछि ३ सय ६६ रनमा अलआउट भयो ।

पाकिस्तानका कामरन गुलामले शतक बनाए । बाबर आजमको स्थानमा टोलीमा परेका कामरनले डेब्यु खेलमै शतक बनाएका हुन् । यस्तै सईम अयुबले अर्धशतक बनाए । इंगल्यान्डका ज्याक लिचले ४ र ब्रायडन कार्सले ३ विकेट लिए ।

तीन खेलको टेस्ट शृङ्खलामा पाकिस्तान १–० ले पछि छ । पहिले टेस्ट इंगल्यान्डले एक पारी र ४७ रनले जितेको थियो । पाकिस्तान र इंगल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट आउँदो अक्टोबर २४ देखि रावलपिन्डीमा शुरू हुनेछ ।