पोखरा एभेन्जर्समा अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस अनुबन्ध

पोखरा एभेन्जर्समा अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस अनुबन्ध



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् ।

दायाँ हाते ब्याटर गौसले उमेर समूहमा दक्षिण अफ्रिकाका लागि खेलेका थिए । उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । गौसले सन् २०२४ मा क्यानाडासँगको खेलमा डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए । पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले आफू उत्साहित रहेको बताएका छन् ।

एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।