नेपाल र अमेरिकाबिच टी–२० सिरिज शुक्रबारदेखि

नेपाल र अमेरिकाबिच टी–२० सिरिज शुक्रबारदेखि



काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ ।

लिग–२ अघि नेपालले अमेरिकासँग टेक्ससमा तीन वटा टी–२० खेल खेल्न लागेको हो । टी–२० सिरिजको पहिलो खेल शुक्रबार हुनेछ । दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्रान्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।