माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी सुरुवात

माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी सुरुवात



काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालको समूहको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले हराएको छ ।

समूह ‘बी’ को खेलमा विजयी सुरुवात गर्ने क्रममा श्रीलंकाकी इमिसाले १७ मिनेटमा गरेको गोल निर्णायक सावित बन्यो ।

यो समूहमा नेपालले आजै भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे पाँच बजे सुरु हुनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् । यो समूहको पहिलो खेलमा बिहीबार भारतले पाकिस्तानलाई ५-२ गोलले हराएको थियो ।