अभियन्ता रुबी खान माइतीघर मण्डलाबाट पक्राउ

अभियन्ता रुबी खान माइतीघर मण्डलाबाट पक्राउ



काठमाडौं । अभियन्ता रुबी खान माइतीघर मण्डलाबाट पक्राउ परेकी छिन् ।

बाँकेकी निर्मला कुर्मीका हत्यारामाथि कारबाही हुनुपर्ने माग राखी लगातार काठमाडौंमा आन्दोलन गर्दै आएकी रुबी खानसहित अभियन्तालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू माइतीघरबाट सिंहदरबारतर्फ जाँदै गर्दा प्रहरीले भ्यानमा हालेर लगेको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न जाँदा पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।