सुदूरपश्चिम रोयल्सले भित्र्यायो पहिलो विदेशी खेलाडी

सुदूरपश्चिम रोयल्सले भित्र्यायो पहिलो विदेशी खेलाडी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

सोमबार सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई टिममा भित्र्याएको जानकारी दिएको हो । २५ वर्षीय ब्रान्डनले टी-२० आईका १६ खेलमा ४९७ रन बनाएका छन् । २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन् ।

२२ ओडीआई खेलमा ३० विकेट लिँदा टी-२० आईका १६ खेलमा २ विकेट लिएका छन् । ब्रान्डनले टी-२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए ।

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमा पूर्वप्रशिक्षक जगत टमाटालाई नियुक्त गरेको छ । पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।