राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३६ खेलाडी

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३६ खेलाडी



काठमाडौं । राष्ट्रिय पुरुष टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द शिविरमा ३६ खेलाडी बोलाएका छन् ।

नेपाल नोभेम्बर फिफा विन्डोमा हुने मैत्रिपूर्ण खेलका लागि ताजिकिस्तान जानेछ । न्यौपाने सोमबार पुरुष टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

प्रारम्भिक टोली :

गोलकिपर : किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृशल मोक्तान

डिफेन्डर : अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा

मिडफिल्डर : लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई

फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी ।