माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक



काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको प्लेइङ-११ सार्वजनिक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’ लाई बेन्चमा राखेर प्लेइङ-११ सार्वजनिक गरेका हुन् । साफ च्याम्पियनसिपका लागि साम्बा आइतबार राति मात्रै फ्रान्सबाट स्वदेश आइपुगेकी हुन् ।

प्रशिक्षक तामाङले भुटानविरुद्ध प्लेइङ ११ मा परेका ६ खेलाडी परिवर्तन गरेका छन् । प्रशिक्षक तामाङले कप्तान तथा गोलकिपर अन्जिला सुब्बाको स्थानमा अन्जना रानामगरलाई पहिलो रोजाइमा राखेका छन् ।

यस्तै, रक्षकहरू विमला विक, विमला चौधरी र निशा थोकर तथा फरवार्डमा रेखा पौडेलले स्थान बनाएका छन् । कप्तानको जिम्मेवारी भने रेणुका नगरकोटीलाई दिइएको छ ।