हङकङ सुपर सिक्सका लागि सन्दीपको कप्तानीमा टोली घोषणा

हङकङ सुपर सिक्सका लागि सन्दीपको कप्तानीमा टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।

क्यानले मंगलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा लाशेक बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रासिद खान छन् ।

नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

नेपालले नोभेम्बर १ मा इङ्ल्यान्ड र नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।