काठमाडौं गुर्खाजले भित्र्यायो नेदरल्यान्ड्सका माइकल लेभिट

काठमाडौं गुर्खाजले भित्र्यायो नेदरल्यान्ड्सका माइकल लेभिट



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ ।

काठमाडौं गुर्खाजले पहिलो विदेशी खेलाडीका रूपमा एनपीएलका लागि नेदरल्यान्ड्सका विष्फोटक ब्याटर लेभिटलाई अनुबन्ध गरेको हो ।

बुधबार सामाजिक सञ्जालमार्फत काठमाडौं गुर्खाजले २१ वर्षीय लेभिटलाई टिममा भित्र्याएको जनाएको छ । लेभिटले नेदरल्यान्ड्सका लागि ८ ओडीआई खेलमा १८४ रन र १७ टी-२० आई खेलेमा ५५० रन बनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।