पीडामा ओली सरकारको मधुमास !

पीडामा ओली सरकारको मधुमास !

सर्वसाधारणले देखेको उपलब्धी संविधान दिवसमा ‘नेशनल डे कन्सर्ट’



काठमाडौं । पाइपलाइनमा भएका योजनाको परिणाम सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको उपलब्धी बुधबार सार्वजनिक गरे । सरकार सञ्चालनमा सय दिन मधुमासको समय हो, यो मधुमासले दिउँसोको अवस्था बिहानीले संकेत गरेको हुन्छ । ओली सरकारको संकेत राम्रो देखिएन । संसदमा दुईतिहाइभन्दा बढीको दम्भ राख्ने प्रधानमन्त्री ओलीले सरकारको सय दिनको उपलब्धीका नाममा प्रतिपक्षलाई चुनौति, कर्मचारीको खुलेर प्रशंसा र काम गर्न नसकेको धेरै पीडा ओकलेर लोक लज्जित बनाए ।

प्रधानमन्त्री ओलीले भने, ‘जब म नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिन अघिदेखि नै हामी त्रिशुली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित वेपत्ता भएको दुःखद् घटनाबाट शोकमा थियौं । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो । गएको असोज ११ देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक प-यो । यसै अबधिमा देशभर ७ हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटनाहरु भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति ग¥यो । कृषिबाली, पशुचौपाया एवम् सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युतलगायतका भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।’

यो विपद्मा सरकारले के ग-यो ? सरकारको उपस्थिति कहाँ देखियो ? घटना पुरानो नभएकाले सबैका सामू जगजाहेर छ । तत्काल गर्नुपर्ने उद्दारमा समेत आफूहरुले केही गर्न नसकेको अभिव्यक्ति गृहमन्त्री रमेश लेखकले त्यसैबेला दिएका थिए । देशमा सरकार छ भन्ने अनुभूति जनताले विपद्मा काहिँकतै गर्न पाएनन् ।

सरकार कति निम्छरो रहेछ भन्ने कुरा यो विपद्मा देखियो । पीडितका लागि संघीय सरकारले राहतको कुनै योजना अहिलेसम्म ल्याएको छैन । विभिन्न संघसंस्थाले बाँडेको राहतमा पीडित भुल्लिरहेका छन् । बाढीले बगाएको पुलमा बेलिब्रिज राख्न २५ दिन लगायो । सिन्धुली–बर्दिवास जोड्ने बीपी राजमार्ग बनाउने कल्पनासमेत गर्दैन यो सरकार । महिना दिन बितिसक्दा पनि खोलाको बगरलाई सडक बनाएर काम चलाइरहेको छ ।

चाडबाडमा बजार छुइनसक्ने गरी महँगी बढेको छ । ६० रुपैयाँ केजी पाइने गोलभेडा २ सय रुपैयाँ पुगेको छ, ४० रुपैयाँ केजी पाइने आलु अहिले एक सय रुपैयाँ पुगेको छ । अन्य तरकारीको मूल्य त्यसरी नै आकासिएको छ भने खाद्यन्न, जाडोको लत्ताकपडा र इन्धनको मूल्यसमेत वृद्धि भएको छ ।

यो प्राकृतिक विपद् ओली सरकारलाई काम गर्ने सुर्वण अवसर थियो । विपदबाट बाँचेकाहरुलाई राहत दिन सकेन, क्षति भएको भौतिक पूर्वाधार पुननिर्माण गर्न यो सरकारले सकेन । ओली सरकार सर्वसाधारणको अपेक्षाभन्दा राजनीतिक स्टनबाँजीमा लागेको देखियो । त्यत्ति हुँदाहुँदै पनि ओली सरकारले सय दिनको उपलब्धी भन्दै काम गर्न नसकेको पीडा जनतालाई सुनाए ।