न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्समा अनुबन्ध

न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्समा अनुबन्ध



काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

न्युजिल्यान्डका अलराउन्डर नीशमलाई टोलीमा अनुबन्ध गरेको जनकपुर बोल्ट्सले जनाएको छ । उनले न्युजिल्यान्डका लागि ७९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ सय ४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् ।

अलराउन्डर नीशमले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, बिग बाश लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग लगायतका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् ।

नीशम एनपीएल खेल्न नेपाल आउने टेस्ट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । यसअघि कर्णाली याक्सले पाकिस्तानका हुसेन तलातलाई भित्र्याएको थियो ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।