दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राइनाेजमा अनुबन्ध

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राइनाेजमा अनुबन्ध



काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेकाे छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेकाे हाे ।

६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।

त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् । सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए। उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए ।

उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ। सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए ।