राप्तीमा डुबेर तीन बालिकाको मृत्यु

राप्तीमा डुबेर तीन बालिकाको मृत्यु



दाङ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भई लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको हाे ।

बिहीबार अपराह्न सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको मृत्यु भएको खबर आएपछि प्रहरी पुगेको थियाे ।

तीन जना बालिका बिहान खाना खाएर ११ बजेतिर नुहाउन भनेर राप्ती नदीमा गएका थिए । नुहाउने क्रममा उनीहरू गहिरोमा पसेको अनुमान छ ।

तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।