जनकपुर बोल्ट्सले भित्र्यायो अमेरिकी युवा क्रिकेटर जोसुवा

जनकपुर बोल्ट्सले भित्र्यायो अमेरिकी युवा क्रिकेटर जोसुवा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुवा ट्रोम्पलाई अनुबन्ध गरेको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत जनकपुर बोल्ट्सले अमेरिकी अलराउन्डर १९ वर्षीय ट्रोम्पलाई टिममा भित्र्याएको जानकारी दिएको हो । दायाँ हाते ब्याटर ट्रोम्पले ८ टी-२० खेलमा ९४ रन जोडेका छन् ।

अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्ने ट्रोम्प दक्षिण अफ्रिकाको जोहानेसवर्गमा जन्मेका हुन् । १६ वर्षको उमेरमा ट्रोम्प परिवारसहित अमेरिकाको टेक्सासमा बसाइँ सरेका हुन् ।