चर्चित क्रिकेटर जोन्टी रोड्स पोखरामा आबद्ध

चर्चित क्रिकेटर जोन्टी रोड्स पोखरामा आबद्ध



काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्समा आवद्ध भएका छन् । उनलाई एड्भाइजर कन्सलटेन्टका रूपमा एनपीएलको फ्रेन्चाइजीले भित्र्याएको हो ।

शुक्रबार पोखरा एभेन्जर्सले एक फेसबुक पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । जोन्टी रोड्स भित्रिने भएसँगै पोखराका समर्थकहरूले खुसी व्यक्त गरेका छन् । जोन्टी रोड्सलाई हालसम्मकै सर्वाधिक सफलतम फिल्डहरूमध्ये एकका रूपमा लिइन्छ ।

पोखराका मार्की प्लेयर कुशल भुर्तेल हुन् । यही १५ मंसिरदेखि नेपाल प्रिमियर लिग (एनपीएल) हुँदै छ ।