रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजबाट सञ्चालनमा

रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजबाट सञ्चालनमा


ग्लोब नेपाल
54
Shares

रसुवा । अविरल वर्षाका कारण एक महिनादेखि बन्द रसुवागढी-केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।

अबिरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू-भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो । सोमबारबाट सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याईएको हो ।

आज बिहानबाट चिनियाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालनगरिएको चिनियाँ पक्षले जानकारी गराएको उनले बताए ।

रसुवागढी–केरूङ खण्ड अन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो भने भोटेकोशी नदीको बाढीले सडक बगाएका कारण यो नाका असोज १२ गतेदेखि बन्द थियो ।