सुन तोलाको एक लाख ७१ हजार

सुन तोलाको एक लाख ७१ हजार


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आज सुनको मुल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।