कैलाली । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।
भजनी–५ का भीमबहादुर विक र वडा नम्बर १ का करण कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याएका हुन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए ।
बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रूपमा उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
प्रतिक्रिया