काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउत छन् ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।
उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी भएको थियो ।
प्रतिक्रिया