काठमाडौं । ताप्लेजुङमा पाथीभरा मन्दिरमा जान केबलकार निर्माणलाई लिएर विवाद हुँदा ढुंगामुढा भएको छ ।
शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएकाे छ ।
एक पक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले त्यहाँ निर्माण गर्न नहुने भन्दै अवरोध गरेको थियो ।
यसक्रममा तीन जना घाइते समेत भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
अहिलेलाई स्थिति सामान्य भएको प्रहरीले बताए ।
प्रतिक्रिया