कालीकोट । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।
दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो । घटनास्थल विकट ठाउँमा भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । गाडी सडकदेखि दुई सय सय मिटर तल खसेको छ ।
प्रतिक्रिया