काठमाडौं । कप्तान पूजा महतोको सानदार शतकसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।
दुबईस्थित दी सेभेन्स मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको हो । नेपाली टोलीका ओपनर साना प्रभिन र सावित्री धामी कृजमा जम्न सकेनन् । तर, कप्तान पूजा र उपकप्तान सोनी पाख्रिनले १५७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएकी हुन् ।
कप्तान पुजा १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १३० रन बनाउँददा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे ।
पूजाले ५७ बलमा १२ चौकाकाे मद्दतमा १०० रन पूरा गरेकी थिइन् ।
सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए ।
कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।
प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया