काठमाडौं । एसीसी यू-१९ नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको यू-१९ टोलीसँग पाँच खेलको शृङ्खला खेल्ने भएको छ ।
नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल भोलि हुनेछ । यस्तै दोस्रो खेल आउँदो शुक्रवार, तेस्रो खेल मंसिर २ गते, चौथो खेल मंसिर ४ गते र पाँचौं तथा अन्तिम खेल मंसिर ६ गते हुनेछ ।
यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ । युवा टाेलीकाे कप्तानमा हेमन्त धामी छन् ।
नेपाली टिम
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली र रन्जित कुमार।
प्रतिक्रिया