काठमाडौं विश्वकै छैटाैं प्रदूषित शहर

काठमाडौं विश्वकै छैटाैं प्रदूषित शहर



काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआई मापन भएको छ ।

यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । प्रदूषण बढेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५, भरतपुको १ सय ६४ र शंकरपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ ।

आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ ।

छिमेकी भारतको राजधानी शहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढेर गम्भीर श्रेणीमा पुगेको छ । बुधबार बिहान एक्यूआई ४ सयभन्दा माथि पुगेको छ । कतिपय स्थानमा यो ४५० भन्दा माथि पुगेको छ ।