नुवाकोटकाे त्रिशूली नदीमा आठ करोड रुपैयाँको लागतमा नयाँ पुल

नुवाकोटकाे त्रिशूली नदीमा आठ करोड रुपैयाँको लागतमा नयाँ पुल



नुवाकोट । नुवाकोटकाे त्रिशूली नदी तर्न विं.संं. २०२० मा निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि त्यही ठाउँमा नयाँ पक्की पुल निर्माण भएको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार ठूला गाडी पनि सञ्चालन गर्न मिल्ने पुल बनेपछि नुवाकोट र धादिङका नागरिकका लागि आवतजावत गर्न सहज भएको छ । ११ मिटर चौडा भएको दुई ‘लेन’ को पुल निर्माणका लागि सरकारको आठ करोड रुपैयाँ लगानी भएको छ ।

‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् । यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।