काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने भएको छ ।
यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बंगलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएकाे छ । २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनाको बिजुली बंगलादेश पठाइने छ ।
बंगलादेशमा निर्यात गरिने बिजुलीका लागि विभिन्न आयोजनालाई भारतले स्वीकृत गरेसँगै बिजुली पठाउने तयारी भएको हो ।
नेपालले बंगलादेशलाई बिजुली बेच्ने शुरुआत तीन वटा देशका मन्त्रीले गर्ने भएका छन् ।
नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बंगलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातकाे उद्घाटन गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
प्रतिक्रिया