काठमाडौं । काठमाडौंको गौशालाबाट अभियन्ता सुमन सायमिसहित ४ जना पक्राउ परेको छ ।
काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले शुक्रबार सायमिसहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।
सडक विस्तारका क्रममा बिचल्लीमा परेकाहरूको आवाज लामो समयदेखि सायमिले उठान गर्दै आएका छन् ।
प्रहरीले गौशाला क्षेत्रका पाँच-सात वटा घरमा डोजर चलाएको छ ।
महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर लगाएको हो ।
प्रतिक्रिया