बढी कर तिर्नेमा नबिल बैंक आठौं पटक सम्मानित

बढी कर तिर्नेमा नबिल बैंक आठौं पटक सम्मानित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नबिल बैंक लिमिटेड सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरे ।

नबिल बैंकले धेरै कर तिर्ने बैंक तथा वित्तिय संस्थाका रुपमा सम्मान पाएको यो आठौंपटक हो । नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मानपत्र ग्रहण गरे ।

कर दिवसका अवसरमा सरकारले हरेक वर्ष वित्तीय संस्थासहित विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने संस्था र व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।