काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हाे ।
उनको फ्रन्टलाइन अस्पतालमा कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइपुर्याउँदा उनको निधन भइसकेको थियो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए ।
प्रतिक्रिया