काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा. डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हाे ।
समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी र चार्टर्ड एकाउन्टेन्ट समेत हुनेछन् । समितिले नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई बुझाएका डेडिकेटेड र ट्रंक लाइनका बिलको अध्ययन गर्नेछ ।
सरकारले यसअघि डेडिकेटड र ट्रंकलाइनको विवाद अध्ययन गर्न गिरिशचन्द्र लाल नेतृत्वको आयोग बनाएको थियो ।
प्रतिक्रिया