अष्ट्रेलियामा गिरीलाई बधाई ज्ञापन

अष्ट्रेलियामा गिरीलाई बधाई ज्ञापन


ग्लोब नेपाल
459
Shares

सिड्नी । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सिड्नीमा बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसले हालै गठन गरेको नेपाली जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रीय सदस्यमा ओशियाना एवं अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दै मनोनित भएका नेजस अष्ट्रेलियाका निवर्तमान सभापति कृष्ण गिरीलाई बधाई एवं शुभकामना व्यक्त गरिएको हो ।

सिड्नीको टाउनहलमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाँडले बधाई ज्ञापन गर्दै जनसम्पर्कलाई संगठित गर्दै पार्टीले दिएको जिम्मेवारी निभाउन शुभकामना दिइन । गिरीलाई आफुले विगत लामो समयदेखि चिनेको, बुझेको भएकाले उनले हिजोका दिनदेखि पार्टीप्रति, जनसम्पर्कप्रति र संगठनप्रति गरेको कार्य अत्यन्तै प्रशंसनीय रहेको छ भन्दै नेतृ खाँणले गिरीको मनोनयनप्रति खुशी व्यक्त गरिन ।

प्रवासमा बसेर नेपाली समुदायमा, नेपाल र नेपालीका लागि उल्लेखनीय कार्य गर्नेमा आफु विश्वस्त रहेको भन्दै कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेसका नेता, पूर्व पर्वत पार्टी सभापति एवं पूर्व नेबिसंघ उपसभापति नवराज गुरुङले गिरीलाई पार्टीले दिएको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै बधाई दिए ।

कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाका लागि वाणिज्यदूत संजिब शर्मा, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष गणेश केसी, क्षेत्रीय संयोजक दिनेश पोखरेलले गिरीले बिगत १५ बर्षदेखि अष्ट्रेलियाको बहुसाँस्कृतिक समाज र नेपाली समुदायको लागि गरेको कार्यको चर्चा र प्रशंसा गर्दै बधाई ज्ञापन गरेका थिए ।

शुभकामना दिने क्रममा ओएनएफका पूर्व अध्यक्ष बिनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्कका सल्लाहकार राजकुमार अधिकारी, एनआरएनका पूर्व आईसीसी सदस्य पिआर अधिकारी, नेपाली समाजका अगुवा राजु मानन्धर, एनआरएन एनएसडब्लु महिला संयोजक सबला बस्नेत, एनएडिएफ कोषाध्यक्ष बिकास झा, जनसम्पर्क समिति पूर्व कोषाध्यक्ष उद्धव भट्ट, नेबिसंघ पूर्व केन्द्रीय सदस्य अभिशेक हमाल, तराई एशोशिएशनका पूर्व अध्यक्ष शुभांसु शाह, सरोज थापालगायतले बधाई ज्ञापन गर्दै गिरीलाई सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रम आयोजनाको व्यवस्थापन गर्दै कार्यक्रम संचालन समेत गरेका नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खडकाले गिरीसँग सँगै कार्य गर्दाको अनुभबको बारेमा बताउदै बधाई दिएका थिए । उनको मनोनयनले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा थप सम्मान र साथीहरुमा ऊर्जा मिलेको भन्दै उनले पार्टी र बिभागलाई धन्यबाद दिए ।

अन्त्यमा बोल्दै कृष्ण गिरीले कार्यक्रम आयोजना गरी सम्मान गरोकोमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र कार्यसमितिलाई धन्यबाद ब्यक्त गरे । बिभागमा जिम्मेवारी दिएकोमा पार्टी सभापति शेरबहादुर देउवा र बिभाग प्रमुख किरण पौडेललाई धन्यबाद दिए । बिभागको कार्य क्षेत्रमा रहेर पूर्णरुपले जिम्मेवारी निभाउने र पार्टी र जनसम्पर्क समितिहरुलाई जोडनेकार्यमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता समेत गिरीले व्यक्त गरे । गिरी हाल काँग्रेसको महासमिति सदस्य हुन् ।