काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्वर्गीय दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उनको निवास पुगेका छन् । आज बिहान राष्ट्रपति पौडेल स्व. ढुङ्गानाको परिवारसँग भेट गर्न बत्तिसपुतली निवासमा पुगेका हुन् ।
राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी सविता पौडेल पनि स्व. ढुङ्गानाका परिवारजनलाई समवेदना प्रकट गर्न उनको निवास पुगेका थिए । ढुङ्गाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी समवेदन प्रकट गरेका छन् ।
प्रतिक्रिया