काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो । उनका अनुसार नेपाललाई केही समय प्रहरी नियन्त्रणमै राखिने छ ।
प्रतिक्रिया