हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ ।

केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णयबारे जानकारी दिएको छ ।

‘वाइ’ क्लास भाडा नर्मल इकोनमिक क्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बरदेखि सो भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा बन्द भएको छ । सोही जनगुनासोप्रति आफ्नो ध्यानार्कषण भएको एयरलाइन्सले बताएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ‘ग्रुप टीबीए’ बुकिङ निलम्वन गरिसकेको छ ।