काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू भएको छ । आइतबार बिहान सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता सुरु भएका हाे । ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो । ‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश रहेका छन् ।
अन्तर्वार्तापछि ३ मध्ये दुई जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछन् । मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्ने व्यवस्था धितोपत्र बोर्ड ऐनमा छ ।
गत असार अन्तिम साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्नुको एउटा कारण बोर्ड अध्यक्षको नियुक्ति पनि भएको चर्चा चल्ने गरेको छ ।
वर्तमान प्रधानमन्त्री केपी ओलीको दल एमाले प्रचण्ड सरकारमा सहभागी भएको थियो । ओलीले आफूले भनेका व्यक्ति बोर्डको अध्यक्ष नियुक्त गर्न प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन अनन्तलाई दबाब दिएका थिए । माओवादी केन्द्रका नेताहरुले बोर्ड अध्यक्ष नियुक्तिमा अर्बौंको चलखेल भएको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया