प्रधानमन्त्री ओलीको चीन भ्रमण ४ दिनको हुने

प्रधानमन्त्री ओलीको चीन भ्रमण ४ दिनको हुने

१८ गते सि जिनपिङसँग भेटबार्ता हुने


ग्लोब नेपाल
621
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ । मंसिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । जसका लागि मंसिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् । 

मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्नका लागी चीन जान लागेका प्रधानमन्त्री ओली सोही सम्झौताका बारेमा बढी केन्द्रित हुनेछन् । 

त्यसको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा पाँच दिन अगावै मंसिर १३ गते चीन जानेछिन् । मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ । 

विआरआइ सम्झौता कार्यन्वयनका लागि देशमा दुइ धार देखा परेपछि प्रधानमन्त्री ओलीले आज पुर्वप्रधानमन्त्री, पुर्वपरराष्ट्र मन्त्री, कुटनीतिक क्षेत्रका बिज्ञ र चिनियाँ जानकारसँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्किने छन ।