शेयर बजार ३३ अंकले बढेर २७ सय विन्दुभन्दा माथि

शेयर बजार ३३ अंकले बढेर २७ सय विन्दुभन्दा माथि



काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अंकले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।