काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ ।
विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए ।
आयोगको बेलाबेला हुने यस्तो निर्णयले समस्या दोहोरिरहने र राजस्व गुम्ने खतरा हुने आचार्यले बताए । अर्को वैकल्पिक बाटो के हो कसरी उठाउने भन्ने बारे भने खुलिसकेको छैन ।
समितिको निर्णय माइन्युट हुन भने बाँकी छ ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो ।
प्रतिक्रिया