एनपीएल खेल्न नेपाल आइपुगे स्कटल्यान्डका अलराउन्डर ब्रान्डन

एनपीएल खेल्न नेपाल आइपुगे स्कटल्यान्डका अलराउन्डर ब्रान्डन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।

दायाँहाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी-२० आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । मक्मलेन स्कटल्याण्डको ओडीआई टिममा पनि छन् । २६ ओडीआईमा उनले ३ शतक र २ अर्धशतकसहित ८ सय ८८ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।