राष्ट्रपतिसमक्ष श्रीलंका र जापानका राजदूतको बिदाइ भेट

राष्ट्रपतिसमक्ष श्रीलंका र जापानका राजदूतको बिदाइ भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका राजदूत सुदर्शना के. पाथिरानाले शिष्टाचार बिदाइ भेट गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल र श्रीलंकाका रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

साथै राष्ट्रपतिले राजदूत पाथिरानालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

यसैगरी, राष्ट्रपतिसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले पनि शिष्टाचार बिदाइ भेट गरेका छन् ।

सो अवसरमा नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रवक्ता भट्टराईले जानकारी दिए । साथै राष्ट्रपतिले राजदूत युताकालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे ।