काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।
गाडी काठमाडौंबाट बेताली जाँदै गर्दा दुर्घटना भएको हाे ।
उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको जानकारी दिए ।
प्रतिक्रिया